|
|
२०८३ असार ३०
255 views

ललितपुर - साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ बिन्दुमा पुगेको हो ।
आज ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा कुल ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा १०% केबिएल डिबेन्चर २०९० अग्रस्थानमा रह्यो । उक्त डिबेन्चरको ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मूल्य वृद्धितर्फ ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ सबैभन्दा बढी चम्किएको छ । यस डिबेन्चरको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ ।
यता, ७% नेपाल एसबिआई बैंक डिबेन्चर २०९०का लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन् । यस डिबेन्चरको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

बिजनेस पाटी