सुनचाँदीको मूल्य तोलामा ८ सय र ५५ रुपैयाँले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ३१
|
255 views

ललितपुर - नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले वृद्धि भएको हो ।

      यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

      महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube