घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १
|
3.2k views

ललितपुर - नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ ।

      बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय १ रुपैयाँ निर्धारण गरिएको छ ।

      महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube