नेप्से ७९.७४ अंकले बढ्यो, साढे ४ अर्बको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १
|
357 views

ललितपुर - सेयर कारोबार मापक नेप्से परिसूचक ७९‍.७४ अंकले बढेको छ । बिहीबारको तुलनामा ३.०६ प्रतिशतले वृद्धि भएको नेप्से २६७७.५४ विन्दुमा उक्लिएको छ । बुधबारयता नेप्से निरन्तर बढेको हो ।

सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको मूल्य बढ्यो । उत्पादन तथा प्रशोधनको ४६७.३५, होटल तथा पर्यटनको २५९.३८, निर्जीवन बीमाको २२८.८९ अं‌कले बढ्यो । सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६ अंकले घट्यो ।

    कारोबारमा आएका मध्ये २५९ कम्पनीको सेयर मूल्य बढ्यो, १३ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।

      नेप्सेका अनुसार ५८ हजार ९४ पटकको किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको हो ।

      श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य १५ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको १४.८३, शिखर पावर डेभलपमेन्टको १२.५४, रिड्ज लाइन इनर्जीको १२.०६, मध्य सोलु हाइड्रोपावरको १२.०५ प्रतिशतले सेयर मूल्य बढ्यो ।

      आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १५, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको ८.७२, आरबीबी फोकस ४० को ६.११, एनएमबी हाइड्रो फन्ड एल-आइआईको ५.६३, कर्पोरेट विकास बैंकको ४.१७ प्रतिशतले मूल्य घट्यो ।

       पात्रो/राशिफल  रेडियो YouTube