सुनचाँदीको मूल्य वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ३
|
2.5k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube