गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ४
|
204 views

ललितपुर - उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।

न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन् ।

      मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ वर्षमुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गर्नुभयो । ‘विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो ।’

      उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ७४० थान मुद्दा फछ्र्योट गरेको र एक वर्ष नाघेका थुनुवा मुद्दा १२ थान बाँकी रहेको जनाएको छ । मातहतका जिल्लामा सिन्धुपाल्चोकले ७७.४, रसुवाले ७५.६ र जिल्ला अदालत काठमाडौंले सबैभन्दा कम ४२.३ प्रतिशत मुद्दा फछ्र्योट गरेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube