नेप्से परिसूचक ७.२५ अंकले बढ्यो, ६ अर्ब ६७ करोडभन्दा बढीको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ५
|
153 views

ललितपुर - साताको कारोबारको दोस्रो दिन सेयरबजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको बढेको छ भने ८ उपसमुहको सेयरमूल्य घटेको छ ।

      आज एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९८ प्रतिशतले बढेको छ ।

      कुल ३४३ कम्पनीको एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube