
ललितपुर - साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से दोहोरो अंकले बढेको छ । दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १४.१७ अंकले बढेर बन्द भयो। नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
नेप्से बुधबार १३.९५ अंकले घटेको थियो । मंगलबार ७.२५ अंकले बढेको थियो भने सोमबार पनि ४१.७० अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.५२ प्रतिशतले बढ्दै नेप्से २७२६.७२ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.९८ अंकले बढेर ४७१.३० विन्दुमा रोकिएको छ । प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२१ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.३९ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१८ प्रतिशतले बढ्यो ।
सेयरबजारमा बिहीबार ३३८ कम्पनीको ५७ हजार ७२८ पटकको कारोबारमा एक करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँको कारोबार भयो ।
नेप्सेमा बुधबार पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँको कारोबार भएको थियो । मंगलबार ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको कारोबार भएको थियो । यसैगरी सोमबार भने पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा आज १५३ कम्पनीका सेयरमूल्य बढे । १११ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे । नेप्सेमा आज (बिहीबार) १३ समूहको कारोबार भएकामा लगानी र अन्य समूहको सूचक घट्दा बाँकी ११ समूहका सूचक बढे ।

बिजनेस पाटी