नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ७
|
255 views

ललितपुर - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन (एफओ) का नेपाल प्रतिनिधि केन सिमिजुले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा भएको भेटमा उहाँहरु बीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा छलफल भएको थियो ।

      त्यस अवसरमा मन्त्री यादवले नेपालका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन तर्जूमाको पहल सुरु भएको जानकारी गराउनुभएको मन्त्रालयले जनाएको छ ।

      खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि केनले विश्वका अधिकांश राष्ट्रमा जीआई प्रणाली लागू भइसक्दा पनि नेपालमा भने अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

      स्थानीय वस्तुको जीआई दर्ता नहुँदा बहुमूल्य ब्रान्ड अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नुपरेको उल्लेख गर्दै उहाँले यसलाई रोक्न तत्काल कानुन बनाएर कार्यान्वयनमा लैजान पर्नेमा जोड दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube