खैरो हेरोइनसहित चार जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ८
|
306 views

ललितपुर - शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार मोहम्मद तजरुल रहेका छन् ।

      भारतबाट नेपालतर्फ आउँदै गरेको मे१ह ५०११ नम्बरको अटो शङ्कास्पद देखिएपछि जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र राखिएको खैरो हेरोइन फेला परेको हो । बरामद गरिएको खैरो हेरोइनको तौल झन्डै १० ग्राम रहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube