
ललितपुर - महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स (ICC), कोलकाता, भारतद्वारा प्रदान गरिने प्रतिष्ठित ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ ।
बैंकले जुलाई २४, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा उक्त सम्मान प्राप्त गरेको हो । कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार तथा बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो ।
बैंकका अनुसार डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ क्षेत्रमा उत्कृष्ट योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको हो ।
यसअघि पनि महालक्ष्मी विकास बैंकले गत वर्ष ‘एसेट क्वालिटी (Asset Quality)’ विधाअन्तर्गत यही संस्थाबाट सम्मान प्राप्त गरेको थियो ।
बैंकले यस सम्मानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात् गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको आधुनिक डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ ।

बिजनेस पाटी