बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ११
|
1.6k views

ललितपुर - आज स्थानीय बजारमा सुनको मूल्य आजपनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ।

जुन अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले बढी हो । आइतबार सुनको प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

      त्यस्तै, सुनको मूल्य १० ग्राममा पनि वृद्धि भएको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ भने अघिल्लो दिन २ लाख ४६ हजार १४० रुपैयाँ रहेको थियो।

      यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको हो।

      अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा माग र आपूर्तिको प्रभावले नेपाली बजारमा समेत मूल्य परिवर्तन भएको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube