काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ११
|
663 views

ललितपुर - काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो ।

      यससँगै नेपालले लिग चरणको सबै गुमाएको छ । यसअघि नेपाल पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र कजाकिस्तानसँग पराजित भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube