|
|
२०८३ श्रावण १२
765 views

ललितपुर -
जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।
गोल्छा बैंक ग्यारेन्टी राखेर रिहा भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ गते जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो।

बिजनेस पाटी