प्रधानन्यायाधीशद्वारा प्रमुख निर्वाचन आयुक्तको शपथ

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १४
|
612 views

ललितपुर -
प्रधानन्यायाधीश डा मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्ति गरे लगत्तै सर्वोच्च अदालतमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानन्यायाधीशबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई शपथग्रहण गराए ।

      संसदीय सुनुवाइ समितिले बुधबार प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषदद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उनीहरु नियुक्त गरेका हुन् ।

      
      
      
       पात्रो/राशिफल  रेडियो YouTube