दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ७५ करोडकाे कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १५
|
561 views

ललितपुर - आज साताको अन्तिम कारोबार दिन सेयर बजार बढेकाे छ । आज नेप्से परिसूचक १२.९६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको छ ।

आज १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ७५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

      आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका हुन् ।

       पात्रो/राशिफल  रेडियो YouTube