सामान्य अंकले बढ्यो सेयरबजार, ४ अर्ब ४० करोडकाे कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २०
|
918 views

ललितपुर - सेयरबजार आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेनजका अनुसार बजार ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको हो।

यस दिन कुल ४ अर्ब ४० करोडको किनबेच भएको छ । बुधबारको कारोबारमा १२२ वटा सेयरको मूल्य बढेको छ । आजको अधिकतम बढावट दर १४.९९ प्रतिशतसम्म छ ।

      त्यस्तै आज १४३ वटा सेयरको मूल्य भने घटेको छ । यसमा अधिकतम गिरावट दर ९.०३ प्रतिशतसम्म छ ।

      कारोबार भने ५८ करोडसम्म पुगेको छ। सोलु हाइड्रोको उक्त परिमाणमा सर्वाधिक कारोबार भएको हो ।

      बुधबार जलविद्युत्, होटल, उत्पादन, अन्य र व्यापार समूह बढेका छन् भने बाँकी घटेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube