चीनको कुन्मिङ्स्थित रासायनिक कारखानमा आगलागी हुदाँ एक हजारभन्दा बढी विस्थापित

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २०
|
714 views

ललितपुर - दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा अवस्थित एक रासायनिक कारखानामा लागेको आगलागीका कारण यस क्षेत्रको वरपरको हावामा हानिकारक धुवाँ फैलिएपछि यस क्षेत्रबाट एक हजार २०० भन्दा बढी बासिन्दालाई खाली गरिएको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।

जिल्ला प्रशासनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जिनिङ जिल्लाको युनान हाओमिङ फाइन फस्फोरस केमिकल कम्पनीमा पहेंँलो फस्फोरस लोड गर्दा आगलागी भएको हो । हाल आगलागी नियन्त्रणमा आइसकेको तथा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको जनाइएको छ ।

आगलागीका कारण फस्फोरस जल्दा हानिकारक धुवाँ उत्पन्न भएकाले स्थानीय हावाको गुणस्तरलाई बिगारी धुवाँको सम्पर्कमा आउँदा आँखा, नाक र श्वासप्रश्वासमा समस्या आएको जनाइएको छ ।

हाललाई कम्पनीले उत्पादन र सञ्चालन स्थगित गरेको जनाइएको छ भने अधिकारीहरूले वातावरणीय अनुगमन र मूल्याङ्कन जारी राखेको र आगलागीको कारण अनुसन्धान भइरहेको जनाइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube