
ललितपुर - आज सुनचाँदीकै मूल्यमा उच्च वृद्धि भएको छ । सुनको मूल्य आज तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गएको शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको मूल्य २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बिहीबार सुनको मूल्य तोलामा ८ हजार र बुधबार ४ हजार २ सय रुपैयाँ बढेको थियो । गएका चार दिनमा सुनको मूल्य तोलामा १७ हजार ८ सय रुपैयाँ बढेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँ बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
गएको माघ १५ गते सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो ।
गएको माघ १५ गते चाँदीको मूल्य तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।

बिजनेस पाटी