राजु परियारले पहिलो पल्ट गाएको प्यारोडी समावेश ‘बालेन सरकार’ गाईजात्रा सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २४
|
765 views

ललितपुर -

गाईजात्रा २०८३ को अवसरमा कलाकार शिवशंकर पी. रिजाल ‘जोगिन्दर पानवाला’को व्यङ्ग्य तथा हास्य प्रस्तुति रहेको ‘बालेन सरकार’ मा प्रसिद्ध गायक राजु परियारले पहिलो पटक प्यारोडी गाएका छन ।

    झलकमान गन्धर्वको कालजयी गीत ‘हे बरै आमाले सोध्लिन ‘ को लयमा प्रसिद्ध गीतकार लोकराज अधिकारीले प्यारोडी शब्द लेखेका हुन । गीतमा अष्ट लामाको संगीत संयोजन धर्म गन्धर्वको सारंगी र पोषण घर्तीको मादल रहेको छ ।

    ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त प्रस्तुतिमा समसामयिक राजनीतिक तथा सामाजिक विषयलाई हास्य–व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिएको छ । प्रस्तुतिको शीर्षक नै ‘बालेन सरकार’ राखिएकाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग जोडिएका समसामयिक राजनीतिक तथा सार्वजनिक विषयमाथि व्यङ्ग्य गरिएको बुझिन्छ ।

      २३औँ गाईजात्रा कमेडी तथा सटायर शो–२०८३ अन्तर्गत तयार गरिएको प्रस्तुतिमा जोगिन्दर पानवाला स्वयंको लेखन, प्रस्तुति तथा निर्देशन रहेको छ । भिडियोको छायांकन हरि ढकाल र सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् । यस्तै, प्रस्तुतिको कोरियोग्राफी समान अधिकारीले गरेका छन् ।

      प्रस्तुतिको रेकर्डिङ ए लेमेल ग्लोबल–२६, अनामनगरमा गरिएको हो । रेकर्डिस्टका रूपमा नरेश बीबीसी र अनिश लिम्बू रहेका छन् भने मिक्स तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

      गाईजात्रालाई नेपाली समाजमा राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि हास्य–व्यङ्ग्य प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । यसै परम्परालाई निरन्तरता दिँदै ‘बालेन सरकार’ मार्फत समसामयिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube