|
|
२०८३ श्रावण २७
459 views

ललितपुर - नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार २०० ले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७०० मा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९०० मा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ कायम भएको महासंघले जनाएको छ । मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ९७५ थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७४५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ३५ ले घटेको हो ।
महासंघले आजका लागि १० ग्राम चाँदीको मूल्य ४ हजार ६८ कायम गरेको छ । मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ थियो ।

बिजनेस पाटी