घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २९
|
714 views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार ६०० र चाँदी तोलामा ९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।

      यसैगरी, चाँदीको मूल्य चार हजार ६६० कायम भएको छ । हिजो एक तोला चाँदी चार हजार सात सय ५० मा कारोबार भएको थियो ।

      अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube