झिनो अंकले घट्यो नेप्से, ३ अर्ब २९ करोडको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३
|
612 views

ललितपुर - साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ अंकमा झरेको हो ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको सेयरमूल्य बढेको छ भने ८ उपसमूहको सेयरमूल्य घटेको छ । बुधबार साहस ऊर्जाको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १७ करोड ५२ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

      आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य क्रमशः १४.९९ प्रतिशत र १४.९८ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। माउन्ट एभरेस्ट पावरको आईपीओ हालै नेप्सेमा सूचीकृत भएको थियो ।

      यता, मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ ।

      नेप्सेका अनुसार आज कुल ३४६ कम्पनीका ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच भएका छन् । दिनभरमा ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube