रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३
|
204 views

ललितपुर - डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ ।

स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताउनुभयो । आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ ।

      खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर टाढा बसगोइरा नजिक फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube