|
|
२०८३ भाद्र ८
2.3k views

नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । आज १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ ।

बिजनेस पाटी