नेप्सेमा साताको सुरुवातमै पहिरो, १९ अंकले घट्यो परिसूचक

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ८
|
510 views

ललितपुर - साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक १९.१३ अङ्कले घटेर २५९९.५८ विन्दुमा ओर्लिएको हो । सवा महिना अघि २६ सयभन्दा तल रहेको परिसूचक फेरि यो तहमा झरेको हो ।

बजार खुलेसँगै ओरालो लाग्न थालेको नेप्सेले अन्तिम समयसम्म पनि घट्ने क्रमलाई निरन्तरता दिँदै सो बराबरको गिरावट व्यहोरेको हो । आज कुल ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ ।

    आजको बजारमा गिरावटको प्रभाव धेरै कम्पनीहरूमा देखिएको छ । कुल सूचीकृत कम्पनीमध्ये जम्मा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्यमा गिरावट आएको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

      सर्वोत्तम पेन्टस्‌का लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन्, जसको सेयर मूल्य १४.९९ प्रतिशत बढेको छ । त्यस्तै, धौलागिरी लघुवित्तको मूल्य ११.९८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको मूल्य ९.१४ प्रतिशतले वृद्धि भएको छ ।

      कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको १२ करोड ७२ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

      त्यसैगरी, सोलु पावरको ११ करोड ८८ लाख र साहस ऊर्जाको १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube