
ललितपुर - ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ भन्ने नारा सहित जस्मिन पेन्ट्स लिमिटेडले नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ। यो योजनामा पेन्ट्स खरिद गर्ने उपभोक्ताले लक्की ड्रमार्फत लण्डन भ्रमणसहित विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।लक्की ड्रमा एक जना भाग्यशाली विजेताले चार रात पाँच दिनको लण्डन भ्रमणको अवसर पाउनेछन्। त्यस्तै, पाँच जनाले ८ केजीको फ्रन्ट लोडिङ स्वचालित वासिङ मेसिन, ३५ जनाले ३ लिटरको इलेक्ट्रिक प्रेसर कुकर, १२५ जनाले तीन जारको मिक्सर ग्राइन्डर, १७५ जनाले हट वाटर केटल र ७५० जनाले आकर्षक वाल क्लक जित्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार लक्की ड्रबाट विजेता घोषणा प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ। उपहारमा प्रचलित कानुनअनुसार कर कट्टी गरिनेछ।

मनकामना ग्रुप अफ कम्पनीका अनुसार योजना भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। योजनामा सहभागी हुन जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेताबाट कम्तीमा ७५ हजार रुपैयाँ बराबरका उत्पादन खरिद गर्नुपर्नेछ। प्रत्येक ७५ हजार रुपैयाँको खरिदमा एउटा लक्की ड्र कुपन उपलब्ध गराइनेछ। योजनामा सहभागी हुन उपभोक्ताले खरिद गरेको पसलबाट कुपन लिनुपर्नेछ। कुपनमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भरेपछि लक्की ड्रमा सहभागी हुन सकिनेछ। लक्की ड्रबाट विजेता घोषित भएपछि उपहार प्राप्त गर्न सक्कल कुपन र आधिकारिक परिचयपत्रसहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुपर्नेछ। विजेता घोषणा भएको १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
जस्मिन पेन्ट्सले चाडपर्वका बेला घरलाई नयाँ रङले सजाउने उपभोक्तालाई खरिदसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ।



बिजनेस पाटी