|
|
२०८३ भाद्र ८
714 views

ललितपुर -
प्रसिद्ध गीतकार लोकराज अधिकारीले बुलेट बाईक शीर्षकको तीज गीत सार्वजनिक गरेका छन् । गीतमा अर्जुन पोख्रेलको सङ्गीत अनि आशा बुढाको स्वर रहेको छ ।
भिडियोमा अभिनेत्री शिलाश्मा हमाल, पूर्णिमा आचार्य लगायतको अभिनय रहेको छ ।
सुविन गोदारले छायाङ्कन गरेको भिडियोमा श्याम पटेलको नृत्य निर्देशन र गीतकार अधिकारीकै दृश्य निर्देशन रहेको छ । बिजनेसपाटी मिडिया प्रालीको प्रस्तुति रहेको भिडियोलाई नीराजन केसीले सम्पादन गरेका हुन् ।
गीतको भिडियो हाईलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिजनेस पाटी