५.३० अंकले घट्यो नेप्से, ४ अर्ब १० करोडको सेयर किनबेच

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ९
|
459 views

ललितपुर - साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर बन्द भएको छ ।

आजको कारोबारमा अवधिभर दोहोरो अंकले तल रहे पनि अन्तिम समयमा बजार बढ्दा एकल अंकको गिरावट सीमित भएको हो ।

    दिनभर कुल ३५७ वटा कम्पनीको १ करोड ४४ हजार खरिदबिक्री भए । यसबाट कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

      आज बजारमा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १२ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।

      आज सर्वोत्तम पेन्टस र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा करिब १५ प्रतिशतको उछाल आएको छ । यस्तै नाडेप लघुवित्त, एभरेष्ट कलर र कालिञ्चोक हाइड्रोपावर पनि सर्वाधिक कमाउनेको सूचीमा रहेका छन् । धवलागिरी लघुवित्तको मूल्य दोहोरो अंकको गिरावट सहित सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।

      समूहगत आधारमा विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन् । यद्यपि आज कुनै पनि समूहका एक प्रतिशत भन्दा कम मात्रै उतारचढाव देखिएको छ ।

      कारोबार रकमका आधारमा आज माकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ९० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ७१ लाख र सोलु हाइड्रोपावरको १३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube