पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १०
|
408 views

ललितपुर - रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएकोे छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube