भोटेकोशी बाढीः सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ११
|
510 views

ललितपुर - कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिनुभयो ।

उहाँले पुनःप्रवेश परीक्षा र छात्रबृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताउनुभयो । भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube