एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १५
|
255 views

ललितपुर - कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ ।

प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा बरामद गरिएको जानकारी दिनुभयो ।

      प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको हो । पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

      गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube