भोटेकाशी बाढीः धनगढी उपमहानगरद्वारा ४१ लाख सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १५
|
408 views

ललितपुर - कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु ४१ लाख ११ हजार १११ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।

      बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन गोरखालगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएकाले सहयोग स्वरुप राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो । उपमहानगरले विपद्को यस कठिन घडिमा बाढीपीडितका लागि राहत तथा पुनःस्थापनाका काममा ऐक्यबद्धता जनाउँदै सबैलाई सहयोगका लागि अपिल पनि गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube