काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १६
|
306 views

ललितपुर - भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटाँैडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ ।

दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हँुदै काठमाडौँतर्फ जाने रुट व्यवस्थापन गरेको छ । दश चक्कासम्मका सवारीसाधन काठमाडौँबाट मकवानपुर फर्किंदा भने कान्ति राजमार्ग हँुदै फर्किने व्यवस्था गरेको छ ।

      प्रहरी प्रधान कार्यालयले मौसम र बाटोलगायत यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधन अनिवार्य रुपमा साँझ ६ः०० बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताइएको छ ।

      प्रहरी प्रधान कार्यालयले १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौँबाट हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हँुदै भीमफेदीतर्फ आउने रुट निर्धारण गरेको छ ।

      त्यसैगरी, काठमाडौँतर्फ जाँदा भने भीमफेदी–कुलेखानी –सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तय गरेको छ । मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालबाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरीसँगै रहेको डाईभर्सन हुँदै जाने व्यवस्था गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube