
ललितपुर - गायिका तथा ‘दिदी बहिनी इभेन्ट’की अध्यक्ष बिन्दु पौडेलले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध कपोलकल्पित तथा भ्रामक सूचना प्रवाह गरिएको भन्दै प्रेस काउन्सिल नेपाल, सूचना विभाग र साइबर ब्यूरोमा निवेदन दिएकी छन्।

पौडेलले आफूविरुद्ध प्रकाशित वा प्रसारित सामग्री गलत भए प्रमाणसहित सम्बन्धित निकायको सम्पर्कमा आउन चुनौती दिदै सामाजिक सञ्जालमा अरूको मानहानी गर्ने तथा कसैलाई गरिखान नदिने प्रवृत्तिविरुद्ध अब कानुनी प्रक्रियामार्फत अघि बढ्ने बताएकी छन् ।
अस्ट्रेलियामा नेपाली चाड पर्वका बेला कार्यक्रमको आयोजना गर्दै आएकी बिन्दुलाई मानव तस्करीको आरोप लगाएपछी उनी प्रतिबाद मा उत्रीएकी हुन ।
उनले आफूविरुद्धका गतिविधिमा अष्ट्रेलियाबाट समेत कोही परिचालित भएको प्रमाण भेटिएमा अष्ट्रेलियन सरकारका सम्बन्धित निकायसमक्ष समेत पुग्ने चेतावनी दिएकी छन्।
पौडेलले सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रमाणबिनाकसैको चरित्रहत्या तथा मानहानी हुने किसिमका सामग्री प्रचार–प्रसार नगर्नसमेत आग्रह गरेकी छन्।

बिजनेस पाटी