सुन र चाँदीको मूल्यमा गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १७
|
561 views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।

      मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube