तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १८
|
357 views

ललितपुर - नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

      यसअनुसार एकदिनमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

      यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो ।

      १० ग्राम चाँदीको मूल्य आज ४ हजार ५१ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube