प्रतिनिधिसभाको बैठक सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १८
|
306 views

ललितपुर - प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकको सम्भावित कार्यसूचीमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल– भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता पेस गर्ने कार्य सूची छ ।

      साथै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ को विधेयक पेस गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

       पात्रो/राशिफल  रेडियो YouTube