औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १८
|
204 views

ललितपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दानालगायत खरिद वितरणका क्रममा झुट्टा बिल भरपाईका आधारमा बढी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत कुसियैतसहित पशु शाखा प्रमुख रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र औरही गाउँपालिकाका–४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम रु आठ लाख दुई हजार ८७८ कायम गरी सजाय गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

       पात्रो/राशिफल  रेडियो YouTube