|
|
२०८३ भाद्र २०
1k views

ललितपुर - ललितपुर तयारी पोशाक व्यापार सङ्घले बाढी तथा पहिरोबाट प्रभावित बिरामीको सहयोगार्थ खुल्ला रक्तदान कार्यक्रम गरेको छ । सङ्घले शनिवार ललितपुरको मंगलबजारमा खुल्ला रक्तदान कार्यक्रम सँगै निःशुल्क दन्त शिविर पनि चलाएको थियो । सङ्घका अध्यक्ष मिलन श्रेष्ठले खुल्ला रक्तदानमा करिब एक सय जनाले रक्तदान गरेको जानकारी दिएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर १६, समाज डेन्टल हस्पिटल , र नेपाल रेडक्रस सोसाइटीले उक्त कार्य सम्पन्न गर्न प्राविधिक तथा अन्य सहयोग गरेका थिए ।

बिजनेस पाटी