|
|
२०८३ भाद्र २२
1k views

ललितपुर - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४०० रुपैयाँले कम हो । हिजो सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ८३० रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँले घटेको हो ।
हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ रहेको थियो। आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार २१ रुपैयाँ कायम भएको छ ।



बिजनेस पाटी