नेपालमा हुने गरेका चलचित्र र गीत संगीतका अवार्डहरू – केही बन्द ,केही स्थगित, केहीको निरन्तरता

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २३
|
357 views

ललितपुर -

बिजनेसपाटी समाचार डेस्क ।

    वि.सं. २०४३ मा लायन्स क्लब, काठमाडौँले वितरण गरेको अवार्डलाई पहिलो फिल्म अवार्ड मानिन्छ । तर नेपालको पहिलो राष्ट्रिय स्तरको चलचित्र पुरस्कार (अवार्ड) को आयोजक भने चलचित्र विकास बोर्ड हो । बोर्डले वि.सं. २०६२ मा पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कारको थालनी गरेको थियो ।  जुन अवार्डको पछिल्लो संस्करण गत असार ५ गते सम्पन्न भएको थियो । 

    यस्तै पहिलो निजी क्षेत्रको चलचित्र अवार्ड नेपाल मोसन पिक्चर अवार्ड  हो जसको सुरुवात वि.सं. २०५५ मा नेपाल चलचित्र सङ्घले गरेको थियो । तर नेपाली चलचित्र इतिहासमै एउटा प्रतिष्ठित र ठुलो अवार्डका रूपमा सुरु भए पनि यो अवार्डले निरन्तरता पाएन । विभिन्न आन्तरिक कारण र व्यवस्थापकीय चुनौतीहरूले गर्दा सुरु भएको तीन वर्षमै यो अवार्ड पूर्ण रूपमा बन्द भयो । 

    यस्तै २०६९ सालबाट सुरु भएको नेपाल चलचित्र विकास कम्पनी द्वारा एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ सम्म यही नाम बाट र त्यसपछि परिमार्जित र नयाँ स्वरूपमा गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार नाम दिएर पुनः निरन्तरता दिइएको छ । पछिल्लो संस्करण २०८० सालमा प्रदर्शन भएका चलचित्रहरूलाई समेटेर २०८१ जेठमा सम्पन्न भएको थियो । 

    वि.सं. २०८० मा  ११ औँ संस्करण अमेरिकामा सम्पन्न भएको नेपाली चलचित्र प्राविधिक सङ्घको आयोजनामा हुने नेफ्टा चलचित्र पुरस्कार त्यस यता हुन सकेको छैन ।  नेपाली सिने मासिक पत्रिका कामना (कामना प्रकाशन समूह) ले व्यापारिक घराना चौधरी ग्रुपको सिजी इन्टरटेनमेन्ट सँगको सहकार्यमा वि.सं. २०७१ सालबाट सुरु गरेको कामना चलचित्र पुरस्कारको २०७६ सालमा भएको पाँचौँ संस्करण पछि निरन्तरता पाएको छैन । सिनेमा सर्कल नेपालको आयोजनामा हुने एलजी सिने सर्कल अवार्डको  सातौँ संस्करण गत वर्ष सम्पन्न भएको थियो । यस वर्ष आठौँ संस्करणमा प्रवेश गरेको छ । 

    यस्तै १७ वर्ष देखि छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर हुँदै आएको डि सिने अवार्ड अठारौँ संस्करणमा प्रवेश गरेको छ । १७ औ संस्करण गत जेठ महिनामा सम्पन्न भएको थियो । छायाँछवि क्रिएसनले काठमाडौँ सर्ट फिल्म फेस्टा पनि गर्दै आएको छ । २०७९ सम्म यस्का छ वटा संस्करण भएका थिए । यस्तै छायाँछवि तीज म्युजिक अवार्डको १३ औ संस्करण भने विजेताको नाम घोषणा गर्ने तर कार्यक्रम भने दशैका बेला गर्ने आयोजकले जानकारी दिएका छन् । 

    नेपाल कल्चर एन्ड फिल्म सेन्टरले गर्दै आएको नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव छैटौँ संस्करणमा प्रवेश गरेको छ । इन्टरनेसनल नेप्लीज आर्टिस्ट सोसाइटीले गर्दै आएको इनास अवार्डको छैटौँ संस्करण पछि अवार्ड रोकिए पनि इनासले विश्वभरि छरिएका नेपाली कलाकारहरूलाई समेटेर अन्य सांस्कृतिक कार्यक्रम र इनास राष्ट्रिय सम्मान जस्ता गतिविधिहरू गर्दै आएको छ । 

    नेपाल चलचित्र कलाकार सङ्घले गर्ने फान अवार्ड तेस्रो संस्करण २०८१ मा गर्ने तयारी भए पनि सम्पन्न गर्न सकेन । बक्स अफिस फिल्मी क्लब नेपालद्वारा प्रदान गरिने बक्स अफिस चलचित्र पुरस्कार पछिल्ला वर्षहरूमा आफ्नो नियमित अवार्ड समारोह स्थगित गरेको छ ।  तर बक्स अफिस फिल्मी क्लबका अन्य अवार्ड र सम्मानका कार्यक्रमहरू भने भएका देखिन्छन् । 

      पावर इन्टरनेसनल मिडिया नेपालको आयोजनामा हुने पीम नेपाल चलचित्र महोत्सवको पाँचौँ संस्करण भएको ४ वर्ष बितेको छ । स्पाइनी ब्याब्लर मुभिज प्रा.लि.ले स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण दुई वर्ष अघि २०८१ मा सम्पन्न गरेको थियो । 

      यस्तै नेपालमा एएनपी राष्ट्रिय पुरस्कार, राष्ट्रिय राजधानी पुरस्कार,अनलाइन फिल्मी खबर अवार्ड ,ग्लोबल नेपाली फिल्म अवार्ड ,इन्फा फिल्म अवार्ड , फिल्मी खबर वार्षिक पुरस्कार तथा सम्मान नेपाल–अफ्रिका चलचित्र महोत्सव ,नेपाल सर्ट फिल्म अवार्ड ,नेपाल ग्रामीण चलचित्र महोत्सव नेपाली कला, संस्कृति तथा सङ्गीत पुरस्कार,राष्ट्रिय मनोरञ्जन पुरस्कार,लगायतका अवार्डका कार्यक्रम पनि हुने गरेका छन् । यी मध्य कुनै नियमित छन् । कुनै स्थगित । 

      चलचित्र पछि गीत सङ्गीत अवार्डका कुरा गरौँ । नेपालको पहिलो व्यावसायिक सङ्गीत अवार्ड हिट्स एफएम म्युजिक अवार्ड हो । हिट्स नेपाल प्रा. लि. ले आफ्नो रेडियो स्टेसन हिट्स एफएम मार्फत पहिलो पटक वि.सं. २०५४ बाट सुरु गरेको यो अवार्डको २३ औ संस्करण २०७६ मा सम्पन्न भए यता स्थगित छ । 

      इमेज एफएमको आयोजनामा हुने नेपाली गीत सङ्गीतको चर्चित अवार्ड टुवोर्ग इमेज अवार्ड २०७९ मा २२ औ संस्करण भए यता स्थगित छ । 

      निरन्तर हुँदै आएका प्रमुख अवार्डहरूमा म्युजिक खबरको आयोजनामा हुने म्युजिक खबर म्युजिक अवार्ड र म्युजिक खबर तीज अवार्ड, कान्तिपुर एफ एमले गर्ने कान्तिपुर नेसनल म्युजिक अवार्ड,  रापती समाज काठमाडौँले आयोजना गर्ने राष्ट्रिय रापती म्युजिक अवार्ड, विन्ध्यवासिनी फाउन्डेसनले गर्ने विन्ध्यवासिनी म्युजिक अवार्ड, रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने सगरमाथा म्युजिक अवार्ड ,पावर इन्टरनेसनल मिडिया नेपालले गर्ने पहिलो राष्ट्रिय समावेशी निम अवार्ड प्रमुख मानिन्छन् । 

      यसै गरी स्टार इन्टरनेसनल अवार्ड,क्वालिटी इन्टरटेनमेन्ट अवार्ड, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड, नेशनल ब्राण्ड म्युजिक अवार्ड , जिनियस म्युजिक अवार्डका नेपाल म्युजिक एन्ड फेसन अवार्ड , स्पर्श म्युजिक भिडियो अवार्ड, विराट म्युजिक एन्ड फिल्म अवार्ड र ज्योति फिल्म्स म्युजिक अवार्ड,आयोजकहरूले पनि यी अवार्डलाई निरन्तरता दिँदै आएका छन् । 

      उता मोफसलकै प्रतिष्ठित साङ्गीतिक उत्सवमध्ये एक  मानिने कालिका एफएमले आफ्नो वार्षिक उत्सवमा आयोजना गर्ने  कालिका एफ एम म्युजिक अवार्ड पनि २०७६ सालको १७ औ वार्षिक उत्सवमा पछि भने अवार्ड स्थगित गरेको छ ।  यस्तै पोखराको अन्नपूर्ण एफएमको आयोजनामा हुँदै आएको अर्को प्रतिष्ठित अवार्ड मानिने अन्नपूर्ण म्युजिक अवार्ड पनि पाँचौँ संस्करण सम्म निरन्तर हुँदै आएकोमा २०६८ देखी आयोजना हुन छाडेको छ । 

      सामना कृयशनले सुरु गरेको नगद राशि सहितको साधना अवार्ड रिवार्डको पछिल्लो संस्करणलाई सम्पन्न गर्न आयोजकहरूले तयारी अघि बढाए पनि सम्पन्न भने भई सकेको छैन । 

      यस्तै सुन्दरादेवी सन्देश साप्ताहिकले आयोजना गर्ने, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड, नाट्यश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट नाट्यश्वर म्युजिक अवार्ड केही संस्करण सम्पन्न भए पश्चात् केही वर्ष यता स्थगित छन् । 

       पात्रो/राशिफल  रेडियो YouTube