१३ अंकले घट्यो शेयर बजार, करिब ४ अर्बको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २५
|
408 views

ललितपुर - आज बिहीबार पनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अंकले घटेको छ । हिजो १५ अंकले घटेर बन्द भएको नेप्से आज पनि घटेको छ । आज नेप्से ०.५४ प्रतिशतले घटेर २५३१.५५ विन्दुमा परिसूचक पुगेको छ ।

आज नेप्से घट्दा ३ अर्ब ९९ करोड ८५ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ८३ हजार १५५ कित्ता शेयर कारोबार भएको छ ।

      आज बजार बन्द हुँदा भने ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

      आज दिनभरमा ३४१ वटा कम्पनी ४४ हजार १९८ पटक किनबेच भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube