प्रतिनिधिसभाको बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २६
|
255 views

ललितपुर - सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै आज विभिन्न छवटा समितिको बैठक पनि बस्दैछ ।

       पात्रो/राशिफल  रेडियो YouTube