माछा मार्ने क्रममा चौधरीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २६
|
204 views

ललितपुर - झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ ।

चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भई मृत्यु भएको हो । बारा करैयामाई गाउँपालिका–८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् ।

करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube