असोज ८ गते भित्र सदस्यता नवीकरण र  दर्ता  गरी सक्न ललितपुर उद्योग वाणिज्य सङ्घको अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २८
|
459 views

ललितपुर -

ललितपुर उद्योग वाणिज्य सङ्घको आगामी असोज २३ र २४ गते हुने ४७ औ साधारणसभा तथा निर्वाचन प्रयोजनका लागि असोज ८ गते भित्र सदस्यता नवीकरण र  दर्ता  गरी सक्न सङ्घले सबै सदस्यलाई अनुरोध गरेको छ । 

    उक्त रजिष्ट्रेशन बिदाको दिन बाहेक बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म खुल्ला रहने सङ्घले जानकारी दिएको छ । 

        सङ्घको साधारणसभा यल दरवार भेन्यू, शंखमूल, ललितपुरमा गरिने तय भएको छ ।   सङ्घका अध्यक्ष पदका उम्मेदवार सुशन महर्जनले पनि सबै सदस्यहरूलाई यथाशीघ्र रजिष्ट्रेशन गर्न अनुरोध गरेका छन् । 

       सङ्घले विधान र दफामा गरिएको व्यवस्था अनुसार साधारण सभा हुनु भन्दा ६ महिना अगावै सदस्यता लिएका सदस्यहरू , सदस्यता नवीकरण गरिएका सदस्यहरू र  नवीकरण नभई निष्क्रिय भइरहेका सदस्यहरूले साधारण सभामा भाग लिन रजिष्ट्रेशनको लागि तोकिएको  समय भित्र नवीकरण गर्न बाँकी अवधिको नियमानुसार लाग्ने वार्षिक शुल्क र प्रत्येक वार्षिक शुल्कको ५० प्रतिशत अतिरिक्त शुल्क समेत बुझाई वार्षिक साधारण सभामा भाग लिन पाउने व्यवस्था रहेको जानकारी गराएको छ ।  साधारण सभामा  व्यक्तिगत फर्म भए धनी आफै, साझेदारी फर्म भए साझेदार, कम्पनी वा अन्य भए सञ्चालकले र एशोसियट सदस्यको हकमा सञ्चालक वा कार्यकारी प्रमुख वा प्रबन्धक तहसम्मको व्यक्तिले मात्र भाग लिन पाउने छन् । 

       साधारणसभामा संस्थागत सदस्यहरूको हकमा बढीमा चार जनासम्म प्रतिनिधिले तोकिएको  रजिष्ट्रेशन शुल्क तिरी भाग लिन सक्ने तर मतदानमा  भने संस्थागत सदस्यहरूको तर्फबाट मुख्य प्रतिनिधिले मात्र मत दिन पाउने व्यवस्था  विधानमा रहेको छ। 

      सङ्घको उद्घाटन सत्र र बन्द सत्र २३ गते शुक्रवार र निर्वाचनको कार्यक्रम २४ गते शनिवार सम्पन्न हुने छ । 

       पात्रो/राशिफल  रेडियो YouTube