भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३०
|
459 views

ललितपुर - भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा मंगलबार बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्ड नजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको स्थानमा बिहानै फ्रिज विस्फोट भएको थियो। घटनामा घाइते भएका दुई जनाको शरीरमा करिब ६० प्रतिशतसम्म जलेको बताइएको छ।

      बेलगावी कर्नाटकको राजधानी बेंगलुरुदेखि करिब ५०६ किलोमिटर उत्तरपश्चिममा पर्छ । घटनाबारे प्रहरीले मुद्दा दर्ता गरी विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube