|
|
२०८३ आश्विन ७
51 views

ललितपुर - काठमाडौँ, ७ असोजः प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराइरहनुभएको छ ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजका लागि निर्धारित विभिन्न समितिका बैठक स्थगन भएका छन् ।

बिजनेस पाटी












