|
|
२०८३ आश्विन ८
4.3k views

ललितपुर - नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार प्रतितोला चार हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बिजनेस पाटी