बर्दघाट–सुस्तापूर्वका बस्ती डुबानमा

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ११
|
306 views

ललितपुर - नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन् ।

गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ ।

      जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी अनिल पण्डितकाअनुसार बोटेटोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube